६ पुस, नयाँदिल्ली ।
भारतको चर्चित टु जी घोटाला प्रकरणका सबै आरोपीले सफाइ पाएका छन् । सीबीआई अदालतले पूर्व दूरसञ्चारमन्त्री ए राजा र सांसद कानीमोडीलाई पनि निर्दोष सावित गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
यो मुद्दामा १४ व्यक्ति र तीन कम्पनी रिलायन्स टेलिकम, स्वान टेलिकम र युनिकेट संलग्न थिए ।
स्पेक्ट्रम एलोकेसन मामिलामा ‘फस्ट कम, फस्ट सर्भिस’ नीति अनुसार लाइसेन्स दिइएको थियो, जसमा भारतको महालेखाकारका अनुसार सरकारी ढुकुटीमा अनुमानित एक लाख ७६ हजार करोड नोक्सान भएको छ ।टु जी घोटाला सन् २०१० मा बाहिर आयो, जब महालेखाकार र नियन्त्रकले आफ्नो रिपोर्टमा सन् २००८ मा गरिएको स्पेक्ट्रम एलोकेसनमा प्रश्न उठाएका थिए ।