रोशन पोखरेल , जेष्ठ १२ 
रुलोस्ना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कुशुम चौलागाईँको बास्तविक जिवन भोगाईमा आधारित लोकदोहोरी गीत ‘आगो जलाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक कमल सुशान्त केसीको सुमधुर आवाज गीतमा रहेको छ  ।
मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको छ  । विछोडको तडपाईलाई भुल्न नसक्ने प्रेमी प्रेमिकाको ब्यथालाई गीतमा समेटिएको छ  । कुशुम चौलागाईँको शब्द तथा कमल सुशान्त केसीको संगीत एवम बावुराम केसीको थेगो गीतमा रहेको छ  । 
प्रेमको सबै तिरबाट तिरस्कार गर्दा प्रेमीबाट टाडिनुपर्दाको पिडालाई गीतमा समेटिएको छ  । अजय रेग्मीको छायाँकन  , मिन रावलको सम्पादन तथा समिर थोकरको निर्देशन भिडियोमा रहेको छ । ‘आगो जलाई’ गीतको भिडियोमा सारिका केसी , संञ्जिता र विष्णुको निकै कारुणिक अभिनय रहेको छ  । 
‘आगो जलाई’ गीतको पुरा भिडियो हेर्नुहोस  । 
                                