• सामाजिक विकास मन्त्री जीवन घिमिरेले बढ्दो अग्रेजी पढनपाठनले मातृभाषा संरक्षणमा चुनौति थपिएको बताएका छन् । पहिचान र परिचय गुम्ने स्थिति रहेकाले तीन तहको सरकार चनाखो हुनुपर्ने मन्त्री घिमिरेको भनाई छ । १ नम्बर प्रदेशमा ११६ भाषा बोल्ने मानिस भएकाले प्रदेश भाषिक रुपले धनी रहेको बताए । उनले भने, ‘१ नम्बर प्रदेशमा ११४ मातृभाषी भएकाले भाषिक रुपले धनी छौं ।’ धार्मिक साँस्कृतिक हिसाबले धनी भएकाले संस्कार संस्कृति संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् । तीन तहको सरकारले अभ्यास गरिरहेकाले विविधता संरक्षण गर्न पालिका केन्द्रित हुनुपर्ने जनाए ।
    कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे मोरङले आयोजना गरिएको ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ शनिबार उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । १४ जिल्लाकै झलक झल्कने पथरीमा साँस्कृतिक ग्राम बनाउन प्रदेश सरकार लागि परिरहेको बताउँदै उनले प्रदेशको मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थल बनाउने दाबी गरेका छन् । उनले भने, ‘१ नम्बर प्रदेशकै, राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने तयारीमा छौ । दैनिक हजारौ हजार पर्यटकको लस्कर लाग्ने बनाइनेछ ।’ पथरीले नया कुरा प्राप्त गर्ने भएकाले कसै भ्रम नपर्न, आतिनुपर्ने कुरा केही नभएको, सबैको पहिचान झल्कने ग्रामाथान बन्ने आश्वासन दिलाएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …