• बाहुण्डाँगी । सौराह लेडी जेसीजको उद्घोषण तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारी तथा सदस्यहरुका लागि जेसीजले उद्घोषण तालिमको आयोजना गरेको हो ।
    ३० जनाको सहभागिता रहेको तालिममा गितानगर जेसीजका पूर्व अध्यक्ष विदुर केसीले सहभागिलाई बोल्ने कलाको प्रशिक्षण गराउनु भएको थियो । नेतृत्व र व्यक्तित्वको विकास गर्ने जेसीजले शाखाका हरेक सदस्यहरुको व्यक्तित्व विकासका लागि यो अभियान सञ्चालन गरेको हो ।
    शाखाकी अध्यक्ष लक्ष्मी विडारीको सभापतित्व तथा प्रशिक्षक विदुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष सुजता विष्ट, मातृ शाखा सौराह जेसीजका अध्यक्ष शिव भुषाल, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजक स्वप्ना भण्डारी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव सरस्वती सेडाइले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…