• [caption id="attachment_49911" align="aligncenter" width="4608"]  कक्षा ४ को पुस्तक देखाउँदै विद्यार्थी ।[/caption]

    पथरी (मोरङ) । चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७, मोरङमा लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु भएको छ ।

    लिम्बु विद्यार्थीहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्च (लिवि मञ्च) को पहलमा मातृभाषामा पठनपाठन सुरु भएको हो । आइतबार नगर प्रमुख दिलिपकुमार राईले लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरेका छन् । राईले मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । २०६८ सालदेखि विद्यालयमा लिम्बु भाषाको अध्ययन अध्यापन सुरु गरेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी गराए । उनका अनुसार निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्ययन अध्यापन गराइराखेका छन् । विद्द्यालले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको जनाए । पुस्तक लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले खरिद गरेको थियो । चन्द्रकिरातेश्वर जिल्लाकै लिम्बु भाषामा कक्षा ६ सम्म पढाउने पहिलो विद्यालय हो । अहिले लिम्बु भाषामा कक्षा १२ सम्म अध्ययन हुदै आएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…