• चलचित्र ‘हैरान’ को डबिङ सकिएको छ । चलचित्रको डबिङ सकिएसँगै यसको निर्माण टिम अन्य प्राविधिक कार्यमा जुटेको छ । विश्वकै कान्छा चलचित्र निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्रको छायांकन सकिएको लामै समय भएको छ । चलचित्रको छायांकनमा धेरै नै हैरानी ब्यहोर्नुपरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्रलाई कमेडी जनरामा निर्माण गरिएको छ ।

    यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामाको लगानी छ । चलचित्रको कार्यकारी निर्माता सम्झना पोखरेल हुन् ।

    यो चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिष्टको छ भने चन्द्र पन्तको एक्सन, सत्य-स्वरुपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत नवराज उप्रेती र निरज कँडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , पि्रतम पाण्डेको सम्पादन छ । चलचित्रका मुख्य कलाकार सत्यराज आचार्यको डबिङ सकिएसँगै यसको निर्माणपक्ष अन्य प्राविधिक कार्यमा जुटेको हो । कलाकार आचार्यले यो चलचित्रका लागि आफूले २५ हजारको पान खाएको बताएका छन् ।

    चलचित्र छायांकनमा हैरान भएपनि एउटा उत्कृष्ट चलचित्र बन्ने उनको भनाई छ । चलचित्रमा निर्माता तथा कलाकार गजित बिष्टले चलचित्र राम्रो बनाउन कुनै कसर बाँकी नराखिएको बताए । एउटा साधारण व्यक्तिले दिनचर्या विताउँदा भोग्ने हैरानीको कथामा यो चलचित्र बनेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…