पछिल्लो समय ज्योतिष विज्ञानको नाममा आफना अभिव्यक्तिको कारण निकै चर्चा र बिवादमा आएका व्यत्ति अर्जुन क्षेत्री आज पक्राउ परेका छन् । केही दिन यता उनले नेपालमा महाभुकम्प आउँछ भन्दै दिएको अन्तरावार्ताको कारण उनि प्रहरी फन्दामा परेका हुन् ।
उनले विभिन्न युट्युव च्यानलहरुको अन्तरवार्तामा विभिन्न बिवादास्पद भबिष्यबाणी गरेकाले उनी आलोचित हुँदै आएका थिए । यसैबीच अर्जुनले देशमा जेठ महिनाभित्र महाभुकम्प जान्छ भन्दै जनता आतंकित पारेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई जनतामा त्रास र भ्रम फैलाएको आरोपमा प्रक्राउ गरेको हो । उनलाई प्रहरीले गौशालाबाट प्रक्राउ गरेको हो । क्षेत्रीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।