बाहुण्डाँगी । पर्सा खैरहनी जेसीजले एक दिने जेष्ठ नागरिकहरुका लागि नि ः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न शिविरमा यस क्षेत्रका २ सय ११ जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परिक्षण गरिएको थियो भने २ लाख ५० हजार मुल्य बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो । शिविरमा प्राविधिक सहयोग भरतपुर सेन्ट्रल अस्पतालले गरेको थियो ।
पर्सा खैरेनी जेसीज वर्ष २०१९ का अध्यक्ष शंकर कंडेलको सभापतित्व तथा खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भषाल, पर्सा खैरेनी जेसीजका निवर्तनमान अध्यक्ष अमृत मल्ललगायतको सहभागिता रहेको कार्यक्रम संयोजक तथा शाखाका कार्यकारीणी उपाध्यक्ष धर्मराज उप्रेतीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थापाले आउँदा दिनहरुमा पनि वडाबाट हुने सामाजिक कामहरुमा पर्सा खैरहनी जेसीजससँग सहकार्य गरेर काम गर्ने बताउनु भयो । विशेष अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भूषालले पसौ खैरहनी जेसीजले जेसीजको जेसीआई फ्रेमवर्क भित्र रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै उहाँले प्रशंसा गर्नु भयो । निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका जनसम्पर्क अधिकारी अमृत मल्लले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने सञ्चालन महासचिव कबिर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।