• उदयपुर कटारीकी स्वस्तिका योन्जन मोडलिङ क्षेत्रमा सम्भावना खोजिरहेकी छिन् ।
    गायक साजन राईको आँखैमा गाजल बोलको गीतबाट मोडलिङमा डेब्यु गरेकी योन्जन आकर्षक जिउडाल र मीठो मुस्कान कि धनी छिन् । उनले प्रमोद खरेलको  केहि गीतमा पनि अभिनय गरेकी छिन् । उनको चाँडै नै नयाँ म्युजिक भिडियो पनि बजारमा आउँने क्रममा छ ।


    मोडलिङलाई करियर भन्दा पनि रहरको रुपमा लिएकी योन्जनलाई थुप्रै म्युजिक भिडियोबाट अफर आईरहेकको छ । यद्यपि, व्यस्तताको कारणले सयम दिन सकिरहेकी छैनन् । सहकारी क्षेत्रमा रोजगारी गरीरहेकी योन्जनलाई फुर्सदको सयममा नयाँ नयाँ ठाउँ घुम्न र साथीभाईसँग रमाईलो गर्न मन पर्छ ।


    अबसर पाएको खण्डमा फिल्ममा नायिका रुपमा उदाउने उनको लक्ष्य छ । मोडलिङ लाई ब्यक्तित्व विकासको अभिन्न अंगको रुपमा लिने योन्जनले यो क्षेत्रबाट चिनिन पाउँदा निक्कै खुशी लागेको बताउछिन् । तर समाजले यो क्षेत्रलाई अझैपनि नराम्रो नजरले हेर्ने गरेको उनको अनुभव छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…