इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिका टिपणी हुन थालेको छ । सो कुराको समर्थन गर्दै मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसका अखिल क्रान्तीकारी अध्यक्ष प्रकाश चौहानले पत्रकारको नाक भाच्न २ करोड माग गरेका छन । चौहानले आफ्नो फेसबुकमा भ्रष्टाचारी, घुसखोरी र झोले पत्रकारको नाक भच्नु पर्ने भन्दै आगामी बजेटमा २ करोडको माग गरेका छन । उनले संघ, प्रदेश र स्थानीय सरकार को संग वा पार्टी संग भन्ने चै खुलाएका छैन्न ।
बिध्यार्थी नेत्रि निता कुलुङ्ग राईको संयोजकमा केहि समय अघि अनेरास्ववियु र अखिल क्रान्तीकारीको संयुक्त आयोजनामा महिला फुटवल सम्पन्न भएको थियो । तर राष्ट्रीय खेलकुद परिसद, नगरपालिका, पाटिका नेता, स्थानिय ब्यापारी र क्याम्पसबाट आर्थिक सहयोग लिएको तर संगठनले हिसाव भने ६ महिना बितीसक्दा पनि देखाउन सकेको छैन । पत्रकारले बारम्बार हिसाव सार्वजनिक गर्न पहल गरेको भएर उनले सोहि मैकामा पत्रकारमामि यस्तो आलोचना लगाएको हुन सक्ने पथरीशनिश्चरेका संचारकर्मीहरुको अनुमान छ ।
दुई संगठन अनेरास्ववियु र अखिल क्रान्तीकारीले हिसाव सार्वजनीक नगर्नुले नगरको बजेट पचाउन महिला फुटवलको नाममा झारो टार्ने कार्य गरेको देखिन्छ । पथरीशनिश्चरेका अनेरास्ववियु र अखिल क्रान्तीकारीका नेतालाई सो बिषयमा सोध्दा २÷४ दिनमा हिसाव सार्वजनीक गर्ने भने पनि ६ महिना बिती सकेको छ ।
इटहरीका मेयरले सिधाकुरा जनतासँगको कार्यक्रममा आफू कम्युनिश्ट भएको कारण आफु जे चाह्यो त्यही गर्न पाउनुपर्ने बताएका थिए । उनले अहिले स्वतन्त्र पत्रकार विराट अनुपमको नाक भाँच्न आफ्नै पाटीका एक नेताले एक करोड दिएको वताउदै आएको छन् । पत्रकारहरुले नेकपा निकट सरकारले गरेका कर्तुतहरु एकाएक बाहिर ल्याउन थालेपछि नेकपाका नेता र कार्यकर्ताहरु पत्रकारसंग रुष्ट बन्दै आएका छन् । चौहानले पनि पत्रकारले हिसाव सार्वजनिकको पहल गरेकै कारण आक्रोसित बनेको हुन सक्ने सञ्चारकर्मीहरुले अनुमान गरेका छन् ।