• पुस ६,उर्लाबारी  । मोरङ उर्लाबारी –६ की मुटु रोगी पुजा परियार (२५)ले उपचारका लागी आर्थिक सहयोगको अपिल गरेकी छन् । आर्थिक अवस्था दयनिय भएकी उनी यतिबेला विराटनगरको नोवेल हस्पिटलमा जिवन र मुक्तसँग लड्दै छिन् । अचानक खुन छाद्न सुरु गरेपछि स्थानीय हस्पिटल पुर्याइकी उनलाई त्यहाँबाट नोवेल लग्न डाक्टरले सुझाव दिएका थिए । नोवेलले उनको मुटुको अप्रेसन गर्नूपर्ने सल्लाह दिएको उनका मामा विर्ख राईले जानकारी गराएका छन् । राईका अनुसार अप्रेसनमा ५ लाख खर्च लाग्ने भएपनि आफूहरुसँग एकपैसा पनि नभएकाले भान्जीको उपचार कसरी गर्ने भन्ने समस्याले दिनरात पिरोलेको छ ।


    पहिलो चरणको उपचारमा नै भएको सबै पैसा सकिएकाले अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता उनको परिवारमा छ । सबैको सहयोग भइदिए भान्जीले नयाँ जिवन पाउने आसा सहित सबैलाई सहयोगका लागी उनले अपिल गरेका छन् । उनले भने, जीवन जिउने रहर कसलाई पो हुन्न तर गरिवीका कारण मेरो भान्जी यतिवेला जिवन र मरणको दोसादमा छिन् हजुरहरुको सानो सहयोगले पनि भान्जीले नयाँ जिवन पाउँनेछिन् कृपया सकेको सहयोग गर्दिनू होला । सानैदेखी मावालामा बस्दै आएकी उनको परिवार अरुको घरमा काम गरेर गुजारा टार्दै आएका छन् । उनलाई सहयोग गर्न चाहाने जो–कोहीले पनि ९८१८७९५६७८ र ९८११३२७७१५ मा सम्पर्क गर्न सक्नेछन् । ।






     




























सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…