बाहुण्डाँगी । “स्वास्थ्य बालबालिका, स्वास्थ्य नागरिक, समृद्ध नेपाल“ नारा सहित लेटाङ जेसीज वर्ष २०१९ ले शुक्रबार विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेको छ । लेटाङ ५ स्थित श्री सुर्य प्राथमिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरु तथा २० जना अभिभावकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । लेटाङकै सुविधा सम्पन्न अस्पताल शुभकामना हेल्थ केयर सेन्टर प्रालिको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । लेटाङ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी हिमालय श्रेष्ठको अध्यक्षता, विद्यालय अध्यक्ष लिला थापाले प्रमुख आतिथ्यता तथा स्वास्थ्य संयोजक जेसी राजु गौतमको संयोजकत्वमा सम्पन्न शिविरमा शुभकामना हेल्थ केयरका फिजिसियन डाक्टर राजकुमार चौधरीले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मनोस विकले गर्नु भएको थियो ।