• उर्लाबारी/मोरङको उर्लाबारी–६ का एक युवाले सहयोगको याचना गरेका छन् । दैनिक मजदुरी गरी परिवारको जिविकापार्जन गर्दै आएका उर्लाबारी–६ का २५ बर्षीय देबेन्द्र तामाङ केही दिन अघि विजुलीको पाइप जडान गर्नेक्रममा लडेर घाइते भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

    उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा विजुलीको पाइप जडान गर्ने क्रममा चार तल्लाबाट खसेर तामाङ गम्भिर घाइते भएका छन् । घाइते तामाङको नर्थ बेङ्गल न्यूरो हस्पिटल सिलगुडीमा उपचार भइरहेको स्थानीय प्रभू राईले जानकारी दिएका छन् । आर्थिक अवस्था ज्यादै नाजुक रहेका तामाङको उपचारमा समस्या भएपनि स्थानीय तथा मजदुर संघको सहयोगमा उपचार भइरहेको उनले बताएका छन् ।



    थप उपचारका लागि आर्थिक अभाव भएसँगै तामाङ परिवारले सहयोगको याचना गरेका छन् । तामाङका बुयोबृद्ध बुवा मानबहादुर तामाङले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोगको अपिल गरेका छन् । सहयोगका लागि वडा कार्यालय उर्लाबारी–६ ले सिफारिससेमत बनाइदिएको छ । करिब ६ लाख रुपैयाँ उपचारमा लाग्ने डाक्टरले बताएको पारिवारिक स्रोतले जनाएको छ । सहयोग तथा थप जानकारीका लागि ९८०१४०८८९९ मा सम्पर्क गर्न सकिनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…