बाहुण्डाँगी। सुर्खेत महिला जेसिजले सञ्चालन गरेको जेसिज सप्ताह अन्र्तगत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बादी बस्तीमा रहेका बालवालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७४ जना बालवालिकाहरुको स्वास्थ्य जाँच गरिएको थियो । जसमध्ये एक जना बालकमा कुष्ठ रोगी भएको पाईएको छ । त्यसरी एक जनामा मुटुको समस्या देखिएको छ । शिविरमा आएका अधिकांस बालवालिकाहरुमा ज्वरो आउने, पेट दुख्ने, जुका परेको जस्ता समस्याहरु थिए ।
शिविरमा स्वास्थ्य जाँच डा। अर्चना कार्कीले गर्नुभएको थियो । भने नेपाल बाल पोलिक्लिनकका डाक्टरहरुको सहभागिता रहेको थियो । सुर्खेत महिला जेसिजका अध्यक्ष लक्ष्मी कार्की प्रधानले पिछडीएको बादी बस्ती जसले गर्दा बादी बालवालिकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी हुनुको साथै उपचार गरिएको उहाँले बताउनुभयो । हरेक वर्ष सञ्चालन गरिने जेसिज सप्ताहमा स्वास्थ्य शिविरसँगै अन्य विभिन्न खालका सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।
स्वास्थ्य शिविरमा जेसिजका ब्रिन्दा थापा, कार्यकारिणी उपाध्यक्ष रश्मी शाक्य, उपाध्यक्ष लक्ष्मी गुरुङलगायतको सहभागिता रहेको थियो । जेसिजका पूर्व अध्यक्ष ज्योती पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको मुख्य प्रायोजक गणपति सिमेन्ट इण्डिस्ट्रजले गरेको थियो ।