बाहुण्डाँगी । सुर्खेत महिला जेसीज २०१९ को सप्ताहव्यापि कार्यक्रम अन्तर्गत तेस्रो दिन चौंथो कार्यक्रम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा शाखाका ७ जना महिलासहित १६ जनाले रक्तदान गरेका थिए । शाखाकी निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्य, वर्तमान अध्यक्ष सिया प्रधान कार्की, २०१५ कि अध्यक्ष सुष्मा गिरी, कार्यकारीणी उपाध्यक्ष रश्मि शाक्य, सह कोषाध्यक्ष अनु गुरुङ, स्वास्थ्य स्वयमसेविका सिता शर्मा, विन्द्रा थापाले रक्तदान गर्नु भएको कार्यक्रम संयोजक पवित्रा गुरुङले बताउनु भयो । निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्यको यो सहित १७ औँ पटक रक्तदान हो ।
सुर्खेत महिला जेसीज वर्ष २०१५ का अध्यक्ष सुस्मा गिरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको कार्यक्रमको सञ्चालन विन्द्रा थापाले गर्नु भएको थियो ।