सुर्खेत महिला जेसीजको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत चौंथो दिन पाँचौ कार्यक्रम “१ दिने कानुनी साक्षरता’ सम्पन्न गरेको छ । सुर्खेतको बड्डिचोर,बराह स्थित जनज्योति मा वि मा आयोजित कार्यक्रममा सुर्खेतका अधिवक्ता रामबहादुर बिसिले सहजीकरण गर्नु भएको थियो । विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा यस विद्यालयमा अध्ययनरत ६५ जना छात्रा र १५ शिक्षिकाको सहभागिता रहेको थियो ।
शाखाकी अध्यक्ष सिया प्रधान कार्कीको सभापतित्व सुर्खेत महिला जेसीज वर्ष २०१३ का अध्यक्ष ज्योति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०१५ का अध्यक्ष सुस्मा गिरी केसी, २०१८ का अध्यक्ष कृती गुभाजु शाक्य,जनज्योति मा वि का सहप्राध्यापक कमल आचार्यको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक गंगा रोकायले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन मुल संयोजक रश्मि शाक्यले गर्नु भएको थियो ।