• बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको आयोजनामा सम्पन्न ‘तुलसी स्मृति वक्तृत्वकला’ प्रतियोगिताको उपाधि जन माविकी ज्योति देवकोटाले जितेकी छिन् । सुर्खेत लेडी जेसीजले आयोजना गरेको वर्ष २०१९ को जेसीज सप्ताहको उद्घाटन समारोहको अवसरमा सुर्खेतमा रहेका माध्यमिक विद्यालयहरुबिच प्रतियोगिता आयोजना गरिएको हो । शाखाकी संस्थापक कार्यकारी उपाध्यक्ष तुलसी थापाको स्मृतिमा हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिदैँ आएको छ । सुर्खेत क्षेत्रका मावि तहका विद्यार्थीहरुबिच हुने प्रतियोगितामा सेन्ट मेरिज स्कुलका आशिका रावल दोस्रो र श्रीकृष्ण संस्कृत माविकी कमला अधिकारी तेस्रो भइन् । उनीहरुलाई कार्यक्रमको समापन समारोहमा पुरस्कार वितरण गरिएको छ ।
    शाखाकी अध्यक्ष सिया प्रधान कार्कीको अध्यक्षता तथा विरेन्द्रनगर नगरपालिकाकी उप मेयर मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मुल संयोजक रश्मि शाक्यले र सञ्चालन निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्यले गर्नु भएको थियो । उद्घाटन कार्यक्रमको संयोजक उपध्यक्ष लक्ष्मी गुरुङ र तुलसी स्मृति वक्तृत्वकला प्रतियोगिताको संयोजक सपना मगर रहनु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…