बाहुण्डाँगी । उदयपुर जेसीजद्धारा एक दिने निःशुल्क स्वासथ्य शिविर सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका १० को सहयोगमा बोक्से स्थित बालमन्दिर माविमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । मुटु, प्रेसर, सुगर र नर्मल थाईराईड सम्बन्धी उक्त शिविरमा १ सय ३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविरमा ८० जनाले मुटु, १ सय जनाले सुगर र १ सय ३१ जनाले नै प्रेसर जाँच गराएका थिए । जसमा महिला ७९ जना रहेका छन् भने पुरुष ५२ जना रहेको जेसिजका महासचिव ललित नायकले जानकारी दिनुभयो । उक्त शिविरमा लाहानका अल्फ्रेड हेल्थ केयर डाईगोनिस्टिक सेन्टरका मुटु रोग विशेषज्ञ डाक्टर विवेक प्रभात साहले सेवा प्रदान गर्नु भएको थियो । शाखाका अध्यक्ष सन्तोष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ललित नायकले गर्नु भएको थियो ।