• काठमाडौँ , ७ पुस । मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ ।

    विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय २०१८ जनवरीदेखि लागू गर्न लागिएको हो ।

    मलेसियाली मन्त्रिपरिषदले गत जनवरीदेखि नै लेभी शुल्क रोजगारदाताले तिर्नुपर्ने निर्णय गरेको थियो । तर, रोजगारदाता सम्बद्ध विभिन्न संघसंस्था एवं सरोकारवालाले उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए ।

    त्यसपछि गत मार्चमा लेभी शुल्क रोजगारदाताले नै अनिवार्य रुपमा तिर्नुपर्ने निर्णय २०१८ देखिमात्र कडाइसाथ लागू गर्नेगरी रोकिएको थियो । मलेसियाली सरकारले पछिल्लो निर्णयबाट यहाँ वैध रुपमा कार्यरत करिब ४ लाख नेपालीसहित करिब २० लाखभन्दा बढी विदेशी कामदार लाभान्वित हुने भएका छन् ।

    यसबाट करिब ४ लाख नेपालीको एकमुष्ठ करिब १० अर्ब रुपैयाँ बचत हुनेछ । –कान्तिपुर दैनिकबाट

     

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…