• विजय धिमाल

    उर्लाबारी २६ जेठ \मोरङको उर्लाबारी ८ अठियाबारी स्थित परिवर्तनशिल धिमाल युवा संघले बृहत सांस्कृति तथा धिमाल नृत्य प्रतियोगीता र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
    धिमाल जातिको महान पर्व जातिरिको अवसरमा कार्यक्रम आयोजना भएको हो । गत वर्षदेखी ‘हाम्रो संस्कृति हाम्रो चिनारी, कला र पहिचान जोगाउने हाम्रो जिम्मेवारी’ मुल नारका साथ यस वर्ष पनि सामुहीक धिमाल नृत्य प्रतियोगीता दोश्रो संस्करण बृहत रुपमा भएको थियो । धिमाल समुदायलाई लक्षीत गरी नेपाल भर रहेको ९८ धिमाल गाउँटोल मध्ये दस वटा समुहले भाग लिएका थिए । आफ्नै जातीय पहिरन र गीत प्रतियोगीता भएको थियो ।

    यस वर्ष जेठ २४ गते भने धिमाल समुदायका राष्ट्रिय स्तरका गायक तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको र २५ गते सामुहीक धिमाल नृत्य प्रतियोगीता संगै धिमाल समुदाय भित्रका बिभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तिहरुलाई सम्मान गरेका थिए । सम्मान हुनेहरुमा पूर्व सांसद नगेन्द्र, भिष्म र पर्तमान धिमाल, उर्लाबारीका जनप्रतिनिधीहरु लक्ष्मी, छबिलाल र धनराज धिमाल, पूर्व प्रधानाध्यापक तथा शिक्षक स्व. रमेश, स्व. डिकबहादुर, स्व. बुद्धिमान, राजकुमार र खड्गबहादुर धिमाल, जग्गादाताहरु राजघाट खानेपानी पाँच कठ्ठा जग्गादान गर्ने रामप्रसाद र राजघाट स्वास्थ्य चौकीलाई तिन कठ्ठा जग्गादान गर्ने दिपक धिमाल, धिमाल जातीय विकास केन्द्रका संस्थापक अध्यक्ष स्व. कर्णबहादुर र संस्थापक माझी पर्शुराम धिमाल, शारीरिक सुगठन प्रतियोगीता मिस्टर नेपाल च्याम्पियनशिप २०७५ का उपविजेता ललित धिमाल, मिस धिमाल २०१९ का विजेता र उपविजेता निमा मिस धिमाल, प्रतिमा फस्ट रनरअप, रबिना धिमाल सेकेन्ड रनरअप र पुरस्कार तथा कार्यक्रमलाई सहयोग गर्ने व्यक्तिहरु बबिता राई, बलराम चौधरी, निरोज धिमाल र गणेश लामा लगायतलाई सम्मान गरेका थिए ।

    सामुहीक धिमाल नृत्य प्रतियोगीतामा प्रथम दोघरे गाउँटोल समिति झापा, द्वितिय ठुलोअर्नखाडी गाउँटोल समिति झापा र त्रितिय आम्बारी गाउँटोल समिति मोरङ भए । बिजेता तथा उपबिजेताले ट्रफि, प्रमाणपत्र सहित क्रमश नगद १५ हजार एक, १० हजार एक र ७ हजार एक रुपैयाँ रकम प्राप्त गरेका थिए ।
    कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद कुशल साँवा लिम्बु, बिशिष्ठ अतिथि तथा अतिथिहरु बिभिन्न संघसंस्था, बुद्धिजिवि, जन प्रतिनिधि, राजनितिक पार्टीका व्यक्ति वा प्रतिनिधिहरु रहेका थिए भने परिवर्तनशिल धिमाल युवा संघका अध्यक्ष बिकाश धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन भने परिवर्तनशिल धिमाल युवा संघका सचिव सुनिल धिमालले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…