• उर्लाबारी । सामाजिक काममा अग्रणी केबीआई ग्रुपले उर्लाबारी ९ स्थित प्रभात आधारभुत विद्यालयको अक्षयकोषमा नगद १ लाख ७७ हजार ६ सय रुपैंया सहयोग गरेको छ ।
    विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि संस्थाको अध्यक्ष कसल लिम्बूले  विद्यालयका प्रधानाध्यापक मोहन चापाँगाई र व्यवस्थापन समितीका अध्यक्ष रुद्र सुब्बालाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।


    कसलले हङकङमा ड्युटीपछि समयलाई सदुपयोग गर्दै गाउँको विद्यालयको लागि साथीभाई तथा शुभेच्छुकसँग आर्थिक सहयोग संकलन गर्नुभएको थियो । उक्त रकममा केबीआई गु्र्रपले संस्थाको तर्फबाट नगद ३२ हजार थप गरेको कसलले बताउनुभयो ।
    हस्तान्तरण कार्र्यक्रमलाई सम्बोधन गर्दै कसलले भन्नुभयो, हामी विदेशमा रोजगार गर्नेहरुको  सानो सहयोगले विद्यालय र विद्यार्थीभाई बहिनीहरुको उज्वल भबिष्यमा सहयोग पुग्छ भने किन सहयोग नगर्ने । म यो अभियानमा साथ दिनुहुने सम्पूर्ण मेरा साथीभाई शुभेच्छुक र ग्रुपका सहकर्मीहरुलाई धन्यवाद दिन चाहान्छु । किनकि तपाईहरु बिना यो काम आज सम्भव थिएन ।


    आफ्नो गाउँमा विद्यालयलाई सहयोग गर्न पाउदा निक्कै खुशी लागेको कसलले बताउनुभयो । तपाईहरु हाम्रो सहयोगलाई सहि सदुपयोग गर्नुहोला,हामी अझै धैरै सहयोग गर्न अग्रसर हुनेछौं, कसलले भन्नुभयो, यो अभियान जारी रहनेछ ।
    केबीआई गु्रपले यसअघि पनि विद्यालयलाई घेराबारा गर्न नगद ५० हजार पनि सहयोग गरेको थियो ।


    सोहि कार्यक्रममा आफ्नो गाउँको समस्यालाई आफ्नै समस्या सम्झेर दिन रात लागि पर्नुहुने केबीआई ग्रुपकि अध्यक्ष कसललाई दोसल्ला र सम्मान पत्रले गरिएको थियो । विद्यालय प्रधानाध्यापक मोहन चापाँगाईले केबीआई ग्रुप विद्यालयको दुख सुखको साथी भएको बताउनुभयो । हाम्रै पुर्व विद्यार्थी भाई बहिनी तथा शुभेच्छुकहरुले स्थापना गरेको यस गु्रपको सफलताको कामना गर्दछु, चापाँगाईले भन्नुभयो,तपाईहरुको सहयोगले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण सहयोग मिलेको छ ।


    उक्त विद्यालयमा विशेष गरेर सन्थाल समुदाय र विपन्न परिवारका छोराछोरीहरु अध्ययन गर्ने गर्छन । कार्यक्रममा केबीआई ग्र्रुपका अध्यक्ष कसल सहित नेपाल प्रतिनिधी योबाहाङ लिम्बू,स्थानीय पोमु लगायत अभिभावक शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । केबीआई ग्रुपमा भीम पन्धाक, इन्द्र खापुङ लगायत हुनुहुन्छ । संस्थाले सदस्यताको लागि इच्छुकलाई सदस्य बन्न आवह्वान गरेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…