• बाहुण्डाँगी । पोखरा लेडी जेसीजले यहि जेठ ३१ गते देखि असार ५ सम्म जेसीज सप्ताह २०१९ गर्ने भएको छ । ‘सामाजीक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ जेसीज सप्ताह मनाउन लागिएको पोखरा लेडी जेसीजद्वारा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
    एक हप्ता सम्म लगातार संचालन हुने कार्यक्रमको पहिलो दिन “प्रतिवेदन तथा प्रस्तावना लेखन तालिम” रहनेछ । पोखरा महानगरपालिका वडा नम्बर ३ संगको सहकार्यमा संचालन हुने कार्यक्रम, सम्बन्धित वडा कार्यलयको सभाहलमा हुनेछ । वडाका विभिन्न आमा समूह र महिलाको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई उक्त तालिम दिईने जानकारी उक्त कार्यक्रमका संयोजक गायत्री फुयालले जनाउनु भयो ।
    दोस्रो दिनको कार्यक्रममा “निशुल्क बृहत् स्वास्थ्य शिविर” रहनेछ । पोखरा महानगरपालिका वडा नम्बर २४ संगको सहकार्यमा हुने कार्यक्रम वसन्त प्रावी कास्कीकोटमा हुने कुरा उक्त कार्यक्रमका संयोजक अनिता थापाले जनाउनु भयो ।
    तेस्रो दिनको कार्यक्रम असार १ गते “प्रसंशनिय खोज तालीम” रहनेछ । पोखरा महानगरपालिका वडा नम्बर ८ संगको सहकार्यमा सम्पन्न हुने कार्यक्रम गाउँघर क्याफे एण्ड रेष्टुरेन्ट, सृजनाचोक पोखरामा हुनेछ । कार्यक्रम वडा नम्बर ८ का दिदीबहिनीको निम्ति रहने कुरा उक्त कार्यक्रमका संयोजक सुनिता भण्डारीले जानकारी दिनुभयो ।
    चौथो दिनमा आरोग्य आश्रम पोखरा महानगरपालिका वडा नम्बर १५ मा खाद्यान्न सामाग्री वितरण गरिने उक्त कार्यक्रमका संयोजक सेमा घर्तीले जानकारी दिनुभयो ।
    पाचौं दिनमा फरक क्षमता भएका बालबालिकालाई आबश्यक सामाग्री बितरण कार्यक्रम हुनेछ । जेसि सुनिता भुजेल संयोजक रहनुभएको उक्त कार्यक्रम सरस्वती टीका मावी पोखरा महानगरपालिका वडा नम्बर ३३ मा हुनेछ ।

    छैटौं दिनको कार्यक्रम असार ४ गते “स्वयंको व्यवस्थापन तथा नेतृत्व तालिम” पोखरा महानगरपालिका वडा नम्बर ५ संगको सहकार्यमा हुनेछ । एस ई ई दिएर बसेका र ज्ञज्ञ, ज्ञद्द कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीको निम्ति उक्त कार्यक्रम राखिएको उक्त कार्यक्रमका संयोजक जेसि लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।
    अन्तिम दिन छात्रवृत्ति वितरण, पोखरा जेसिजको वार्षिकोत्सव तथा जेसिज सप्ताह समापन कार्यक्रम रहेको उक्त कार्यक्रमका संयोजक जेसि सुमित्रा कोइरालाले जानकारी दिनुभयो ।

    जेसिआई नामक विश्वव्यापी संजाल भएको संस्थाको दृष्टिकोण तथा उदेश्य अनुरुप सन् १९८९ मा पोखरामा स्थापना भएको पोखरा लेडी जेसीजले व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रमा विभित्र कामहरु गर्दै आएको छ ।
    सकारात्मक परिवर्तनको लागि असल नेतृत्व भन्ने प्रकरणमा पोखरा लेडी बर्ष २०१९ को नेतृत्व गरि रहनु भएका अध्यक्ष जेसि सपना गिरीले आफ्नो रुपान्तरण र सामाजिक रुपान्तरणमा मद्दत गर्न विभिन्न स्थानीय निकायहरुको सहकार्यमा यी कार्यक्रम गरिने जानकारी दिनुभयो ।
    जेसिजका कार्यक्रमहरुमा प्रत्येक कार्यक्रमहरुमा एक संयोजक तोकी जेसिजमा आवद्ध युवायुवतीहरुलाई नेतृत्व विकास र जिम्मेवारी वोध गराउन मद्दत गरिन्छ ।
    सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजक जेसि शोभा भुजेल रहनुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…