मोरङ, जेठ ३०
मोरङको रतुवामाई नगरपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले आज एक कार्यक्रमका विच छनौट भएका वेरोजगारलाई कामगर्ने सहायता औजार हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रविन राईले वेरोजगार युवालाई रोजगारी प्रदान गर्न प्रत्येक वडामा ३ लाख सम्मका आयोजना सञ्चालन हुने बताउनु भयो । यसपटक रोजगार प्राप्त गर्नेहरुले श्रम गर्नुपर्ने भएकाले काम कुनै पनि सानो वा ठुलो नहुने वताउनु भयो । रोजगार प्राप्त गर्ने युवाको परिश्रमले नगरपालिकाको विकासका लागि भुमिका खेल्ने वताउनुभयो ।
उहाँले नगरपालिकाले वेरोजगारी समस्या हलगर्न कार्यक्रमहरु सञ्चालन गर्दै लाने बताउनु भयो । रतुवामाई नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक काजिमान विश्वकर्माले चालु आर्थिक वर्षमा श्रममा आधारित जम्मा ३० दिन रोजगार प्राप्त गर्ने वताउनु भयो । आगामी आर्थिक वर्षमा विभिन्न रोजगारीका क्षेत्र पहिचान गरी सबै किसिमका वेरोजगारहरुले रोजगार प्राप्त गर्ने कार्यक्रम सञ्चालन गर्ने वताउनु भयो । नगरपालिकाले रोजगारीका लागि आवेदन दिन चैत्र र वैशाख महिनामा माग गरको थियो ।
त्यसमा नगरभरीबाट एक हजार चार सय ३६ जनाले आवेदन दिएका थिए । रतुवामाई नगरभरीबाट एकसय ६० जनाले रोजगार प्राप्त गर्दा प्रत्येक वडाबाट १६ जना युवाले रोजगार प्राप्त गरेका छन् । रोजगारमा छनौट भएका कामदारहरु असार १ गते बाट वडाले छनौट गरेका योजनाहरुमा खटिनेछन् ।
Share this: