चुलाचुली/ जेठ ३० गते, `विश्वव्यापीकरणमा ग्रामीण साैन्दर्यकाे खाेजि´ नारा रहेको "चुलाचुली रंगमञ्च" ले शैक्षिक पाठ्यक्रमलाई अाधार मानेर चुलाचुली पाठशाला नाटक उत्सव-२०७६ काे पुर्ण तयारी भएको छ । चुलाचुली रंगमञ्च र शुरूवात थिएटर, क्रियटिभ जर्नी फाउन्डेसन तास्मनीया अष्ट्रेलिया संगकाे संयुक्त अायाेजना रहेकाे छ ।
सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा जेठ ३२ र असार १ गते मञ्चन हुन गइरहेको नाटक उत्सवमा जुनियर ६ निर्देशकहरूकाे ६ वटा फरक विषयमा रहेको नाटक मञ्चन हुनेभएको छ । पहिलाे दिन मञ्चन हुने नाटकहरू झापा धरमपुरकाे सिकिया पुस्तकालयकाे नाटक मंगली, श्री अमृत मेमोरियल बाेर्डिङ, इलामकाे लाैरी, श्री चुलाचुली बाेर्डिङ स्कुल, इलामकाे दुई केटी मञ्चनपछि दाेस्राे दिन मञ्चन हुने नाटकहरू श्री जनता माध्यमिक विधालय, इलामकाे पुन: मिलन, झापाकाे परिवर्तन थिएटरकाे छुई, श्री अंन्तु एकेडेमी, इलामकाे चमेली नाटक मञ्चन भएको छ ।
२ लाख ५० हजार बढि खर्च हुने उक्त नाटक उत्सवमा झापा कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट, चुलाचुलीकाे सहकार्यमा अायाेजना रहेका नाटक उत्सववलाई चुलाचुली गाउँपालिका र उक्त गाउँपालिका रहेकाे ६ वटा वडा कार्यालयहरूकाे समेत समन्वय रहने अायाेजकले जानकारी गराएको छन् । जेठ ३२ गते समउदघाट्न हुने कार्यक्रममा प्रमुख अतिथि गायक तथा साहित्यकार गणेश रसिक, विशिष्ट अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई रहनेछ ।