• काठमाडौं नक्सल कि निभा अधिकारी कलाकारिता क्षेत्रमा संघर्षरत छिन् । १ दर्जन बढि कमर्रसियल बिज्ञापनहरुमा छाइसकेकी निभा गीत पनि निक्कै मिठो गाउँछिन् । उनले एनसेल,एनसियन पेन्ट्समा अभिनय गरेको बिज्ञापन निक्कै राम्रो छ । नेपाली फिल्ममा नायिका रुपमा पर्दापण गर्ने उनको सोच छ । अभिनयलाई रहर भन्दा पनि करियरको रुपमा लिएकी निभालाई फिल्मको लागि पनि अबसर नआएको भने होईन् । यद्यपि, अहिले सम्म राम्रो स्कृप्ट नपाएको कारण प्रस्ताबलाई इन्कार गरेकी निभा बताउछिन् ।

    राम्रो बिषयबस्तु भएको फिल्ममा अफर आयो भने मलाई एक बर्षभित्रमा नै तपाई नायिका रुपमा पाउनुहुनेछ, निभाले आत्मविश्वासका साथ भनिन्, अभिनय मा रुचि छ भन्दैमा कमजोर कथाबस्तुमा हात हाल्ने कुरो पनि त भएन् ।


    ५ फिट ४ इन्ज हाईट भएकी निभालाई समाजसेवामा नि निक्कै रुचि छ । आफुले आफ्नो ठाउँमा सक्ने सहयोग गरिरहेको उनले बताईन् ।
    २ वटा म्युजिक भिडियोमा अभिनय गरेकी निभाले आफ्नो स्वरमा चाँडै नै गीत पनि बजारमा आउन लागेको बताईन । गीतसंगीतमा सानैदेखीको रुचि हो, समयले गीतसंगीत र अभियन दुबैमा लाग्ने इच्छा जगायो, निभाले भनिन्,मैले थुप्रै कभर गीतहरु गाएको छु । फेसबुकमा हेर्न सक्नुहुनेछ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…