• बाहुण्डाँगी । चक्रघट्टी जेसीजले आयोजना गरेको बराहक्षेत्र नगरपालिका स्तरिय अन्तर मा बि हाजिरी जवाफ प्रतियोगितामा मुनबिम स्कुल च्याम्पियन बनेको छ ।
    शनिवार कोशी माविमा सम्पन्न हाजिरी जबाफ प्रतियोगितामा १६ वटा विद्यालयलाई पछि पार्दै मुनविक प्रथम बन्न सफल भएको हो । जितसँगै मुनविकले नगद ४ हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।
    प्रतियोगितामा सनसाइन स्कुल दोस्रो तथा बसन्त रितु मावि तेस्रो भए । उनहिरुले क्रमश ३ हजार र २ हजारसहित प्रमाण पत्र प्राप्त गरेका चक्रघट्टी जेसीजका महासचिव तिर्थराज बशिष्ठ शर्माले बताउनु भयो । प्रतियोगितामा मर्डिङ स्टार स्कुल सान्तवना भएको थियो ।  बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष फडिन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा शाखाकी बर्ष २०१९ कि अध्यक्ष मन्जु आचार्यको सभापतिमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले सामाजिक क्षेत्रमा जेसीजले पुर्याएको योगदानको प्रशंसा गर्दै समाजमा सकरात्मक सन्देशसस सहित हरेक गतिविधिमा सक्रिय रहेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको सञ्चालन महासचिव तिर्थराज बशिष्ठले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…