• मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट लगायतका रोगको निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार २ सय मानिसको स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरिएको थियो ।

    नगरपालिका प्रमुख दिलिपकुमार राईले कार्यक्रमको उद्घाटन गर्दै समाजले थालेको अभियानको निरन्तरताको कामनाकासाथ समाजको सृजनात्मक कामका लागि नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको वताए । उनले हसन्दहको विकासमा नगरले चासो देखाइरहेको चर्चा गरे । कार्यक्रममा, ५ नम्वर अध्यक्ष जोगबहादुर धिमाल र ६ नम्वर अध्यक्ष जयबहादुर तामाङले पनि समाजको अभियानको प्रशंसा गरेका थिए । कार्यक्रमको औचित्य प्रष्ट्याउँदै समाजका उपाध्यक्ष महेन्द्र विष्टले नगरको पुछारमा रहेको पछि परेको हसन्दहको चौतर्फी विकासमा टेवा पुर्याउन समाजको स्थापना गरेर तल्लो तहका मानिसलाई लाभपुग्ने कार्यक्रम थालेको सुनाए । उनले हसन्दहका मानिसले धेरै ठाउँमा उच्च नेतृत्व गरेको भएपनि हसन्दह आफैंमा भनें विकासको गतिमा पछाडी परेको विडम्वनापूर्ण चर्चा समेत गरे । शिविरमा उत्साहपूर्वकरुपमा स्थानीय सहभागि भएका थिए । सो अवसरमा हसन्दहका ज्येष्ठ नागरिक रणध्वज वस्नेत र चन्द्रमाया तामाङलाई दोसल्ला ओढाएर सम्मानित समेत गरिएको छ ।

    गोल्डेन हस्पिटल र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा बरिष्ठ फिजिसियन श्याम रौनियार, हाडजोर्नी विशेषज्ञ यज्ञराज खरेल सहितका विशेषज्ञले जाँच गरेर औषधि समेत वितरण गरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …