• रोशन पोखरेल , विराटनगर
    नेपाल राष्ट्र बैँक कर्मचारी संघ विराटनगरको आयोजनामा शनिवार मोरङको सुन्दर हरैँचा नगरपालिका वार्ड ६मा रहेको सुन्दरपुर बचत तथा ऋण सहकारी सस्था र साना किसान कृषी सहकारी सस्थाको संयुक्त आयोजनामा” वित्तिय साक्षरता तथा जाली नोट सम्बन्धी कार्यशाला” कार्यक्रम सम्पन्न भएको छ ।
    साना किसान कृषी सहकारी सस्थाका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको कुल २२ बटा सहकारी सस्थाका पदाधिकारीको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्ट्र बैँक कर्मचारी संघका तारानाथ शर्मा , विष्णु बराल , सविन ओली , अशोक रेग्मी लगायतले बजारमा बढदो मात्रामा जाली नोट भएको कारण सबैले मौद्रिक कारोवार गर्दा सावधानी अपनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
    कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैंक कर्मचारी संघका खगेन्द्र सावाँ र देवकान्त मण्डलले गर्नुभएको थियो । प्रत्येक नागरिकले कागजी नोटको कारोवार गर्दा त्यसलाई ब्यवस्थित रुपमा प्रयोग गर्नको लागी आग्रह गरिएको थियो । कार्यक्रममा बोल्दै अग्रणी कृषी सहकारी सस्थाका अध्यक्ष सोभित मान पौडेलले सहकारी नियमनकारी निकायको साथ र सहयोगको सदैब खाँचो औलाउनुभयो । त्यस्तै सहभागीको सुझाव दिने क्रममा साना किसान कृषी सहकारीका अध्यक्ष अजम्बर राई सहकारीको समस्यालाई उजागर गर्नकोलागी राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…