• बाहुण्डाँगी । घोराही क्षेत्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ शनिवारबाट १५ दिने गुडिया बनाउने तालिम सुरु भएको छ । घोराही दाङ महिला जेसीजको आयोजना तथा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको सहजीकरण गुडिया डिजाइनर यम घर्तीले गर्न हुनेछ । तालिमको उद्घाटन वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले तालिमको औपचारिक उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सीप सिकेर महिलाहरु पनि आर्थिक उपार्जनको बाटोमा लागे देशमा समृद्धि स्थापित हुन समय नलाग्ने दावी गर्नु भयो । कार्यक्रम संयोजक बसन्त भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको आस्थापाठ जुनु मगरले गर्नु भएको थियो । सञ्चालन महासचिव अनिता ढकालले गर्नु भएको थियो । कार्यकारीणी उपाध्यक्ष ममता विष्टले उद्घाटन कार्यक्रममा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।








सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…