• बाहुण्डाँगी । पोखरा लेडी जेसीज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रमको तेस्रो दिन पोखराको सृजना चोक स्थित गाँउघर क्याफे मा प्रसंशनीय खोज तालिम संचालन गर्दै सफलताका साथ सम्पन्न भएको छ । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी को अध्यक्षता आयोजित उक्त तालिमको समुद्घाटन मा प्रदेश न.ं ४ का सांसद माननीय मिना गुरुङ ज्यू प्रमुख अतिथि रहनु भएको थियो । पोखरा लेडी जेसिज बर्ष २०१९ का सह—सचिव जेसी अनिता थापा ले संचालन गर्नु भएको उक्त कार्यक्रम मा वडा नं. ८ का कार्यवाहक अध्यक्ष श्री किरण गौतम, बिशिस्ट अतिथि, वडा नं. ८ कै जनप्रतिधि श्री लक्ष्मी कौशल, अतिथि लगाएत पोखरा जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सन्तोस शाही, पोखरा जेसीजका पुर्व अध्यक्ष एवं सिनेटर श्री नारायण शर्मा तथा पोखरा लेडी बर्ष २०१९ का निवर्तमान अध्यक्ष जेसी शन्तू पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रममा माननीय मिना गुरुङ ज्यू प्रमुख अतिथिको मन्तब्य राख्नु भएको थियो भने पोखरा जेसिजका अध्यक्ष जेसी सन्तोष शाही, वडा नंं. ८ का कार्यवाहक अध्यक्ष किरण गौतमले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संयोजक जेसी सुनिता भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
    जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा यसै कार्यक्रमका मूल संयोजक एवं पोखरा लेडी जेसीज बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेलले जानकारी दिनुभयो ।
    जेण्डर, बाल विकास, जीवनउपोगी सीप, लिडरसीप लगाएत क्षमता विकास सम्बन्धि बिभिन्न तालिमका कुशल प्रशिक्षक श्री नारायणी कोइरालाले प्रमुख प्रशिक्षको भुमिका निभाउदै सरल, ब्यवहारिक एवं निकै आकर्शक शैलीमा तालिम सहजीकरण गर्नु भएको थियो । पोखरा वडा न. ८ का आमा समुह, टोल सुधार समिति एवं ८ स्थित बिभिन्न संघ सस्ंथालाई लक्षित गरी संचालन गरिएको उक्त तालिममा करिब ७० जना को सक्रिय सहभागीता रहेको थियो । तालिमको अन्त्यमा सहभागीको तर्फबाट आफ्नो मन्तय राख्दै दिपा रेग्मी र जाल्पा देवी महिला उद्धार समुह का सस्ंथापक अध्यक्ष श्री शारदा सुवेदीले महिलाको क्षमता बिकासका लागी तालिम एवं अवसर अतिनै महत्वपुर्ण रहेको बताउनु भयो । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीले सम्ंभब भए सम्म पोखरा लेडीले समुदाय एवं ब्यक्तित्व विकासका लागी कार्यक्रम संचालन गर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन सहसचिव अनिता थापाले गर्नु भएको थियो । असार दुई गते आरोग्य आश्रममा खाद्यन्न सामाग्री वितरण हुने भनिएको कार्यक्रम पाल्पा जेसीजका २०१९ का अध्यक्ष प्रिय दर्शन शाक्यको अचानक भएको निधनका कारण स्थगित भएको थियो । उक्त कार्यक्रम ३ गते मंगलवार हुने छ भने सोही दिन सरस्वती टिका मावि माविका फरक क्षमता भएका विद्यार्थीहरुलाई आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
    यसैगरी जेठ ३१ गतेबाट प्रस्तावना लेखन तालिमको उद्घाटन सहित सुरु भएको सप्ताहको दोस्रो दिन बृहत निशुल्क स्वास्थ्य शिवरि सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…