• तपाइले देशभित्र वा बाहिर केहि आय आर्जन गर्ने व्यवसाय, वा रोजगारी गर्दै हुनुहुन्छ भने त्यसबापत सरकारलाई केहि रकम कर तिर्नुपर्छ। सरकारको मुख्य आय भनेकै यस्तै कर बाट हो। हामीले तिरेको करले नै सरकारले विभिन्न प्रायोजनको लागी खर्छ गर्छ । आफ्नो कमाई अनुसार कति कर तिर्ने भनेर आयकर ऐनमा तोकिएको हुन्छ । यस लेखमा हामीले यही विषयलाई समेट्ने कोसिस गरेका छौँ।

    किन तिर्ने कर ? के फाइदा हुन्छ ?


    • हामीले तिरेको करले देश बिकासमा मद्दत पुग्छ

    • हामी  देशको जिम्मेवार नागरिक बन्न सक्छौं


    कसले कर तिर्नुपर्छ ?

    • आयकर नेपाल भित्र वा बाहिर आय श्रोत हुने सबै प्राकृतिक व्यक्तिले तिर्नुपर्छ ।

    • प्राकृतिक व्यक्ति भन्नाले महिला,पुरुष वा तेस्रो लिंगी सम्पूर्ण जीवित मानिसहरूलाई मानिन्छ।


    कसरी कर तिर्नुपर्छ ?

    • यसका लागी कर लाग्ने आय हुने वा अग्रिम कर कट्टी हुने सबैले व्यक्तिगत स्थाई लेखा नम्बर (PAN) लिनुपर्छ

    • दर्ता गर्नलाई  व्यक्तिले आफू बसोबास गर्ने स्थान,अथवा कारोबार गर्ने स्थान अथवा आफ्नो निजी व्यवसाय भए व्यवसाय भएको स्थान सम्बद्ध आन्तरिक राजस्व कार्यालय बाट PAN लिनुपर्छ।

    • PAN दर्ता प्रकिर्या बुझ्न यो लेख पढ्नुहोस लिंक


    कस्तो किसिमको आयमा कर लाग्छ ?

    • कृषि बाहेक सबै किसिमको आयमा कर लाग्छ

    • तर आयकर ऐनले विशेष किसिमको उद्योगमा छुट भनेर दिएको छ भने केहि छुट हुन सक्छ


    कति रकम आयकरको रूपमा तिर्नुपर्छ ?

    • आयकर ऐनले व्यवस्था गरे अनुसार हाल आयकरको दर निम्न बमोजिम छ:


     























    आय व्यक्तिलाई लाग्ने कर दम्पतीलाई लाग्ने कर
    सुरुको १ लाख ६० हजार सम्म १% (रोजगारी आयमा )

    सुरुको १ लाख ६० हजार सम्म कर नलाग्ने (निजी व्यापार व्यवसाय(प्रोप्राइटरशिप फर्ममा )
    सुरुको २ लाख सम्म १% (रोजगारी आयमा)

    सुरुको २ लाख सम्म कर नलाग्ने (निजी व्यापार व्यवसाय(प्रोप्राइटरशिप फर्ममा )
    २ लाख ६० हजार सम्मलाइ सुरुको १ लाखमा (क) मा लेखे बमोजिम,  त्यसपछिको थप १ लाख आयमा १५% तिनलाख सम्मलाइ सुरुको २लाखमा (क) मा लेखे बमोजिम,

    त्यसपछिको थप १ लाख आयमा १५%
    २ लाख ६० हजार भन्दा माथि आय भएमा,  २ लाख ६० हजार सम्म (ख) मा उल्लेख भए बमोजिम , त्यसपछि बढी भएको मा २५% कर लाग्छ ३ लाख  भन्दा माथि आय भएमा,  ३ लाख सम्म (ख) मा उल्लेख भए बमोजिम , त्यसपछि बढी भएको मा २५% कर लाग्छ

    दम्पतीलाइ लाग्ने करको सुविधा कसरी पाइन्छ ?

    • कर विवरण पेशगर्दा दम्पतीको रूपमा राख्न सकिन्छ ।

    • यसमा श्रीमान्, श्रीमती दुवैजानाले छुट्टाछुट्टै व्यक्तिगत आय तिर्ने अथवा दम्पतीको रूपमा तिर्ने भनेर तोक्न सकिन्छ ।

    • श्रीमान् अथवा श्रीमती एकजानाको मात्र आय छ भने पनि यो सुविधा लिन सकिन्छ ।

    • एकल महिला वा पुरुष(श्रीमान् अथवा श्रीमतीको मृत्यु भएका व्यक्ति)को  हकमा पनि यो सुविधा दिइएको छ ।


    अन्य सुविधा के के हुन्छन् ?

    • यदि दुर्गममा रोजगार अथवा व्यवसाय गरेको भए करयोग्य आयमा विभिन्न छुट पनि पाउन सकिन्छ ।


     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …