• काठमाडौं, पुस ७ 

    खेलाडीले प्रतिस्पर्धी टिमसँग हात नमिलाएका कारण अखिल नेपाल फुटबल संघ एन्फाले १ हजार अमेरिकी डलार अर्थात १ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई जरिवाना तिराएको हो ।

    १९ वर्षमुनिको एसिया कप छनौट अन्तर्गत अक्टुबर ३१ तारिखका दिन कीर्गिस्तानसँग भएको खेलपछि नेपाली खेलाडी विपक्षी खेलाडीसँग हात नमिलाई मैदानबाट बाहिरिएका थिए । कीर्गिस्तानको बिस्केकमा भएको यो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

    बिस्केकमा खेलेका छनौटका ४ खेलमा एक गोल पनि गर्न नसकेको नेपाल अंक तालिकाको पुछारमा रहँदै घर फर्केको थियो । यो समूहबाट युएई आउँदो वर्ष हुने १९ वर्षमुनिको एशिया कपमा छनौट भएको थियो ।

    खेलाडीले खेल भावना विपरीत व्यवहार गरेको भन्दै एएफसीले एन्फालाई जरिवाना तिराएको हो । खेलाडीले आउँदा दिनमा यस्तै व्यवहार देखाएमा एएफसीले यो भन्दा कडा कारवाही गर्न सक्ने छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…