• बाहुण्डाँगी, ३ असार । तराई क्षेत्रमा ब\र्षातको समय सुरु भएसँगै सर्पको विगविगि बढ्ने गर्छ । हिउँदभरी दुलोभित्र बस्ने सर्पहरु यसबेला बाहिर हुन्छन् । तराईका जिल्लाहरुमा सर्पको टोकाइबाट मानिसको ज्यान गएको बारम्बर सुन्ने गरेका छौँ । यसैलाई मध्यनजर गर्दै रामनगर जेसीजले सर्पको टोकाइबाट हुने क्षतिलाई न्यूनिकरण गर्न मंगलवार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सचेतना कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जका डाक्टर शुष्मा केसीले मानिसहरु सर्पको टोकाइपछि बढी अतालिएको कारण मृत्यु हुने गरेको र सर्पको टोकाइबाट बच्न घर वरीपरी भएको झारजंगल हटाउने, फोहोर मैला नगर्ने, झुलको प्रयोग गर्ने, बाख्रा कुखुराको खोर सफा गर्ने, मुसाले दुलो बनाएको छ भने त्यसलाई तुरुन्तै पुर्नेलगायतका विषयहरुमा जानकारी गराउनु भएको थियो । साथै उहाँले विभिन्न किसिमका विषालु र कम विषालु भएका सर्पहरु हुने भएकाले तिनिहरुको पहिचान गरि उपचारका लागि लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा १ सय ३० जनाको सहभागिता रहेको थियो । दुई चरणमा भएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा सडक दुर्घटना, सामाजिक सञ्जाल अपराध, दुव्र्यशनी न्यूनिकरणका विषयमा बृतचित्र प्रर्दशन गरिएको थियो ।
    रामनगर जेसीज वर्ष २०१९ की अध्यक्ष हिमा न्यौपानेको सभापतित्व तथा सुनवल नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष देवीलाल डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रहरी मुक्ति तालिम महाविद्यालयका प्राचार्य बरिष्ठ प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यक्ष, एन्फाका महासचिव प्रकाश पङ्गेनी, जिल्लाप्रहर िकार्यालय सुनवलका डिएसपी चन्द्र शाहलगायतले सामाजिक सचेतनाका क्षेत्रमा रामनगर जेसीजले गरेको अभियानलाई प्रशंसा गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष देवीलाल डुम्रेले सुनवल नगरपालिका वडा नम्बर ११ जर्गाहमा बनेको सर्पदंश उपचार केन्द्र छिट्टै सञ्चालनमा आउने बताउँदै यसबाट यस क्षेत्रका व्यक्तिहरुलाई उपचारमा सहज हुने बताउनु भयो ।
    साथै उहाँले आगामी दिनमा समेत निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउनु भएको थियो ।
    भगवती बस्यालले आस्थापाठ गर्नु भएको थियो । कार्यक्रम संयोजक कृष्ण पाण्डेलले स्वागत मन्तव्य र देबु भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

    रामनगर जेसीज वर्ष २०१९ की अध्यक्ष हिमा न्यौपानेको सभापतित्व तथा सुनवल नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष देवीलाल डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रहरी मुक्ति तालिम महाविद्यालयका प्राचार्य बरिष्ठ प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यक्ष, एन्फाका महासचिव प्रकाश पङ्गेनी, जिल्लाप्रहर िकार्यालय सुनवलका डिएसपी चन्द्र शाहलगायतले सामाजिक सचेतनाका क्षेत्रमा रामनगर जेसीजले गरेको अभियानलाई प्रशंसा गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष देवीलाल डुम्रेले सुनवलमा बनेको सर्पदंश उपचार केन्द्र छिट्टै सञ्चालनमा आउने बताउँदै यसबाट यस क्षेत्रका व्यक्तिहरुलाई उपचारमा सहज हुने बताउनु भयो ।
    साथै उहाँले आगामी दिनमा समेत निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउनु भएको थियो ।
    भगवती बस्नेतले आस्थापाठ गर्नु भएको थियो । कार्यक्रम संयोजक कृष्ण पाण्डेलले स्वागत मन्तव्य र देबु भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…