समिर सुबेदी
झट्ट हेर्दा रतुवामाई १० नं. र छिमेकी वडाका केही चौकहरु चुनावी पोष्टर पम्प्लेटले झै रंगीविरगीं देखिएका छन तर यस क्षेत्रमा चुनाव लागेको भने पक्कै हैन, चुनावका वेला मात्र घर घरमा आएर अस्पताल सम्म पुर्याईदिने निशुल्क उपचार गराईदिने नेताहरुका लागि गतिलो झापड बनिरहेको छ आरम्भ नाट्य डबली रतुवामाई ।
चुनावी माहोलमा गाडि रोकी राकी सन्चो विसन्चो सोध्दै हिड्ने र अस्पताल सम्म लिएर जान समेत पछि नपर्ने नेताहरु आजभोली कहा छन त? अब फेरी स्वास्थ्य परिक्षण गराउन सर्वसाधरणका लागि अर्को चुनाव आउनै पर्ने हो त?समाजमा स्वास्थ्य सम्बन्धी गुनासा, उपचारका लागि आर्थिक समस्या जस्ता कुराहरु सुनिन थालेपछि सामाजिक कार्यमा अग्रसर संस्था आरम्भ नाट्य डबली रतुवामाईले यहि असार ११ गते विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा रतुवामाईको सोमबारेमा वृहत रुपमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ । गाउमा रहेका स्वास्थ्य समस्या निराकरण गर्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।
रतुवामाईको सोमबारेमा रहेको राष्टनिर्माण बोर्डिङ स्कुलमा उक्त शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा निशुल्क भिडियो एक्सरे तथा ल्याब टेस्ट, जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग, नाक कान घाटी, हाडजोर्नी तथा नशारोग, बालरोग, दन्तरोग, छाला तथा यौन आदी रोगहरुको स्वास्थ्य परिक्षण गरिने कुरा विराट मेडिकल कलेजले आयोजकलाई जानकारी गराएको छ । उक्त शिविरलाई रतुवामाई १० नं. वडा कार्यलयले मुख्य सहयोग गरेको छ भने उता राष्ट्रनिर्माण बोर्डिङ स्कुल पनि सह आयोजकका रुपमा रहेको कुरा कार्यक्रम संयोजक समिन वरालले वताएका छन ।
विगत केही समय अगाडि नै चैत्र २१ गते नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको मिति तय गरेर प्रचारप्रसारको कार्य सम्पन्न भएपश्चात विविध बाधा र अवरोधका विच शिविर स्थगित गर्नुपरेको संस्थाका सह सचिव हरि नेपालले जानकारी गराएका छन उनी भन्छन शिविरको मिति तय भयो सबै प्रचारप्रसारको काम भयो तर अन्त्यमा आएर बाधा अवरोधहरु सृजना भए हस्पिटलले सबै क्षेत्रमा शिविर स्थगित भयो भन्यो तर हाम्रै क्षेत्रमा शिविर संचालन भइरहेको छ । केही समय अगाडि मात्र छिमेकी नगरपालिका उर्लाबारी ९ दुर्गापुरीमा शिविर सम्पन्न भयो हामीले अब कसरी विश्वास गर्ने । केही अराजक व्यक्तिहरुले शिविरमा अवरोध पुर्याएको भन्दै बाधा अवरोधहरु सृजना हुदै गर्छन तर हामी शिविर सफल गराएरै छोड्छौ उनले दाबी गरेका छन ।
नोबेल हस्पिटलबाट अल्लारर्ने काम भएको भन्दै हुन्छ हुन्छ मात्र भन्ने, अन्य ठाउमा भने शिविर संचालन गर्ने तर हामीलाई भने कहिले हुन्छ नभन्ने आक्रोशित हुदै विराट मेडिकल कलेजको प्राविधिक सहयोगबाट शिविर ल्याउन लागेको कार्यक्रम संयोजक समिन बरालले वताएका छन । संस्थाका अध्यक्ष समिर सुवेदीले भने सामाजिक काम गर्ने क्रममा यस्ता समस्याहरु आउनु सामान्य रहेको र खुट्टा तान्ने प्रवृति हाम्रो समाजको संस्कार र परम्परा जस्तै रहेको भन्दै सामान्य कुराहरुबाट नआति सामाजिक कार्यहरुमा निरन्तर लागिरहन र राम्रा कामका लागी बाधा अवरोधबाट पछि नहट्न भन्दै सबैलाई असार ११ गते स्वास्थ्य समस्या भए शिविरमा आएर स्वास्थ्य परिक्षण गराउन आग्रह गरेका छन ।
उनी भन्छन नेताहरुले चुनावका वेला सम्झने हुन अव कसैले स्वास्थ्य परिक्षण गराउन अर्को चुनाव कुर्नु पर्दैन । उता प्रचार प्रचार संयोजक सविन भट्टराईले अब प्रचारप्रसारलाई अझ तिव्र गतिमा अगाडि संचालन गर्ने बताएका छन । शिविरका लागि विभिन्न संघ संस्थाहरु लाई पत्रचार गर्ने र पोष्टर पम्प्लेट र माइकिङको काम धमाधम भईरहेको समेत जनाएका छन । भट्टराईले ११ गते ढुक्क भएर शिविरमा आउन आग्रह गरेका छन शिविर विहान १० बजेबाट वेलुका ४ बजेसम्म संचालन हुने छ ।