• मोरङ ।

    क्रिसमसको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित पथरीमा हिमालयन सांगीतिक कार्यक्रम हुने भएको छ । पूर्बी मोरङ इसाई समाजको आयोजनामा पुष १३ (२८ डिसेम्बर)मा पथरीको रत्नचौकमा सांगीतिक कार्यक्रम हुनेभएको हो ।

    आयोज इसाई समाजले सुक्रबार(आज) पत्रकार भेटघाटको आयोजना गरी सो सम्बन्धि जानकारी गराएको हो । इसाई धर्मालम्बिहरुको चाड पुष १० (डिसेम्बर २५) गते पर्छ । सोही अवसरमा पथरीको रत्नचौकमा सांगीगिक कार्यक्रम हुनलागेको कार्यक्रम संयोजक बिक्रम राईले जानकारी दिए । कार्यक्रममा भारतको दार्जेलिङ्गबाट कलाकार र प्रवचनको लागि पाष्टरहरु आउने आयोजक समितिले जानकारी दिए । कार्यक्रम संयोजक बिक्रम राई आफैपनि इसाई समाजमा स्थापित गायक हुन् । सांगीतिक कार्यक्रममा दार्जेलिङका कलाकारहरु, गायक बिक्रम राई र स्थानीय बिभिन्न चर्चबाट आउने कलाकर्मीहरुबाट गीत, नृत्य प्रस्तुतहुने भएको हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…