बाहुण्डाँगी । दिनप्रतिदिन युवावर्गमा बढिरहेको विकृति र विसङ्गति रोकथाम गर्ने उदेश्यले भद्रपुरमा एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
भद्रपुर जेसीजको आयोजना तथा भद्रपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजित सो कार्यक्रममा सहभागी युवावर्गहरुलाई नैतिक शिक्षा, धर्म संस्कृति र संस्कार तथा लागु औषध दुव्यर्सन सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
नगरको १ देखि १० वटा वडा सम्मका ७० जना भन्दा बढी युवाहरूको सहभागिता रहेको सो कार्यक्रममा नैतिक शिक्षा , धर्म, संस्कृति र संस्कारका विषयमा प्रशिक्षक राजन न्यौपानेले सहजिकरण गरेका थिए । त्यस्तै लागु औषध दुव्र्यसनका बारेमा वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।
भद्रपुर जेसिजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), नगर कार्यपालिका सदस्य मित्रा भट्टराई, भद्रपुर जेसिजका पूर्व अध्यक्ष प्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । भद्रपुर जेसिजका महासचिव डिल्लीराम पोखरेलले सञ्चालन गरेको कार्यक्रम संयोजक मनोज भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।