• मोरङको पथरी शनिश्चरे नगरका आजसम्ममा ३ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छ ।हिजोदेखि सुरु भएको कार्यक्रम अन्तर्गत आज वडा नम्वर ७ र १० मा कार्यक्रम थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका नगर संयोजक हिमाल राईले जनाउनु भयो ।

    ७ नम्वरमा वडाध्यक्ष कपिलमणि ढकाल र १० नम्वर वडाध्यक्ष सागर राईले आफ्नो वडाको कार्यक्रमको उद्घाटन् गर्नुभयो । १० नम्वरका पैनी, सामुदायिक विद्यालय, मठ मन्दिर सरसफाई सहितका कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको छ । सो कार्यक्रममा वडाध्यक्ष राईका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य फूयाँल, वडा सदस्य मनकुमारी विश्वकर्मा सहितको अगुवाई रहेको थियो । उनीहरुले पनि सरसफाईमा सँगसँगै काम गरेका थिए ।

    ७ नम्वरमा तटवन्धन, विद्यालयको कम्पाउण्ड वाल निर्माण सहितका काम गरिनेछन् । हिजो नगर प्रमुख दिलिपकुमार राईले ४ नम्वर वडाबाट कार्यक्रमको थालनी गरेका थिए । प्रत्येक वडाका २०, २० जनालाई रोजगारी प्रदान गरिएको छ । सो शिर्षकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सो नगरका लागि ४० लाख रुपैयाँको कार्यक्रम प्रदान भएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …