• प्रेमप्रसाद भटराई (के.डी) साहारा वचत तथा क्रण सहकारी सँस्थाको सेवा केन्द्र पथरीले महिलाहरुको पाठेघर र आङ खस्ने समस्या सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । विर्तामोडको वि एण्ड सि मेडिकल कलेज र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १५ जना स्वास्थ्यकर्मिको उपस्थिति थियो ।

    वडा नं २ स्थित शान्ति किर्तन मण्डलीको र संस्थाको आफ्नै भवनमा आज सम्पन्न भएको स्वास्थ्य शिविरमा ४ सय भन्दा वढी महिलाहरुले परिक्षण गराएका थिए । जसमा २२ जनालाई पाठेघर क्यान्सरको समस्या देखा परेको छ । महिलाहरुले लाजको कारण यस्ता प्रकारका रोगहरु लुकाएर वस्ने हुँदा सहाराले यो सेवा दिएको सेवा केन्द्र पथरीका प्रवन्धक डम्बर बहादुर प्रधानले बताए । पाठेघर क्यान्सर पिडितलाई सँस्थालेनै उपचारको लागि पहल गर्ने समेत उनले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…