• असार ७ , पथरी ।
    मोरङको पथरी शनिश्चरे साझेदारी वन व्यावस्थापन समुहले पूर्वी मोरङका ३२
    जना सामुदायिक विध्यालयका विद्यार्थीलाई साईकल वितरण गरेको छ ।
    गरिव तथा जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासका लागी टेवा पु¥याउने उद्ेश्य साथै आफ्नो सामुदायिक उत्तरदायित्व पुरा गर्दै सो वनले साईकल वितरण गरेको वनका कर्मचारी निरज पोख्रलले जानकारी दिए ।
    साझेदारी वन व्यवस्थापन समूहले विपन्न जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्नु समुदाय प्रतिको आफ्नो कर्तव्य पुरा गरेको वितरण कार्यक्रमका प्रमुख अथिति मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुदप्रसाद साम्वा लिम्वु ू(कुशल) ले वताए ।
    साथै उनले वनले साइकल वितरण गरेर उदाहरणीय कार्यको सुरुवात गरेको भन्दै आगामी बर्षमा अझै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु प्राथमिकतासाथ अघि बढाउन अनुरोध समेत गरेका छन् ।
    कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, नेकपाका स्थानीय नेता गगा वास्तोलालगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै विद्यार्थी योगेन्द्र न्यौपानेले विद्यालय जान साइकल सहयोगी बन्ने बताए ।
    साइकल पाएपछि दंग हुँदै उनले भने–‘टाढाबाट हिँडेर विद्यालय जानु पर्ने बाध्यता हटेको छ ।’
    कार्यक्रमको सञ्चालन समूहका सदस्य प्रमोद निरौलाले गरेका थिए भने समूहका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा भएको थियो ।
    कार्यक्रम शुक्रबार मोरङको उर्लाबारी–३ स्थित सव वन डिभिजन कार्यालयमा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …