असार ७, पथरी ।
मोरङको उर्लाबारीमा स्थापित एभरेष्ट मल्टि टेक्निकल कलेजले आफ्नो स्थापना दिवशको १० औं बार्षिक उत्सवमा २ सय ५० भन्दा बढीलाई सम्मान गर्ने भएको छ ।
कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सस्थाले सो जानकारी दिएको हो ।
कार्यक्रममा संस्थाको विकासमा सहयोग पु¥याउने शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता तथा सञ्चारकर्मीलगायतलाई सम्मान गर्ने सस्थाका प्रमुख सुवन ढकालले जानकारी दिए ।
बार्षिक उत्सवकै अवसरमा असार ११ गने उर्लाबारी नगर सरसफाई, १२ गते नमूना बाल गृहमा सहयोग, १३ गते रक्तदान र १४ गते सामाजिक सेवामा समर्पित संघसंस्थालाई सम्मानसहित सप्ताहब्यापी कार्यक्रम गर्ने कार्यक्रम तय भईसकेको जानकारी दिइएको छ ।
सोही अवसरमा एभरेष्टले १ सय विद्यार्थीलाई निःशुल्क कम्प्युटर र ल्याङ्ग्वेजका कक्षा सञ्चालन गरिने उनको भनाई छ । उर्लाबारी र लेटाङमा ३ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेको उनले जानकारी दिए ।
एभरेष्टमा कम्प्युटरका विभिन्न कोर्षहरु कम्प्युटर बेसिक, कम्प्युटर अपरेटर, ग्राफिक्स डिजाइन, हार्डवेयर एण्ड नेटवर्किङ, वेव पेज डिजाइन, जस्ता कम्प्युटरका कोर्षहरु साथै अंग्रेजी, जापनिज, कोरियन, हिब्र भाषाका कक्षाहरु पनि सञ्चालन गर्दै आइरहेको ब्यवस्थापन प्रमुख देवेन्द्र घिमिरेले बताए । एभरेष्टले विभिन्न सिपमूलक तालिमहरुसमेत सञ्चालन गर्दै आएको उनको भनाई छ ।
साथमा सम्पूर्ण लेभलका ट्युसन कक्षाहरु पनि सञ्चालन भइरहेको छ । व्यवस्थित कक्षा कोठा, सिटिभिटिबाट मान्यता प्राप्त कम्प्युटर प्रशिक्षकहरु आधुनिक प्रोजेक्टरयुक्त कम्प्युटर सैद्धान्तिक कक्षा मल्टिमिडियायुक्त कम्प्युटर ल्याव, लोडसेडिङ मुक्त वातावरण र बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको व्यवस्था, शैक्षिक भ्रमण तथा अवलोकन आदि यस कलेजका विशेषता रहेको संस्थापक प्रिन्सिपल ढकालको भनाई छ ।
बार्षिक रुपमा ५ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्दै आएको कलेजले जानकारी दिएको छ ।