सदानन्द भट्टराई
समय यस्तो भैदियो जहाँ हामी नेपाली हरु सधैं राज्य संचालन प्रणालीको उत्तेजक बिरोधि भैदियौ।हामीलाई सबै चिज राज्यले दिनुपर्छ, हामीले कहिले पनि सोचेनौ हामीले हाम्रो तर्फबाट राज्यलाई के दिरहेकसछौ। बिहानै उठेदेखी नसुतुन्जेल सम्म हामी भित्र अनेक तरहका नकारात्मक सोचहरुले मानसपटलमा राज्य गरिरहेका हुन्छन् ।
परम्परागत जीवनशैली,खेती प्रणाली ,राजनीतिक उतरचडाव लगायत समस्या बिकृती हरुलाई अन्त्यगरेर नयाँ सैलिका अाधुनिक भन्दापनि अत्याधुनिक बिज्ञान विश्व समाजले प्रतिपादन गरेका सुत्र सौली लाई सामाजिकआर्थिक बिकाशमा सहजताका निम्ति प्रयोगमा ल्याउ ब्यवहारमा उतारौ भनेर हामीले अघिल्ला दिनहरूमा कहिले पनि सोच्नौ।
हो त्यही अघिल्ला परिस्थिति र समयले हामीलाई ढिलैभए पनि गतिलो पाठ सिकाएको छ।त्यही कहालीलाग्दो बिगतले दिएको शिक्षाकै कारण अाज अाएर हामी एउटामात्र उदाहरणीय कार्य गर्न एककृत ,संगठित भएकाछौ। नत अब हामीलाई राज्यको शासन प्रणालीले छोक्छ नत परम्परागत जीवन सैलिले।
हामीले संसारका कुना कुना बाट हासिल गरेको सीप,ज्ञान,सस्कार,तरिका ,पद्धति अनि धनको प्रयोग गरेर अथवा विभिन्न माध्यमबाट हामी उध्यमी हुन अात्मनिर्भर बन्न चाहिने सम्पूर्ण अश्र अर्थात ज्ञानहरु बटुलेर अाफ्नो जन्मभूमि नेपालमा उध्यम गर्नेछौं । सीप बाढ्नेछौ, ज्ञान साट्नेछौ। अब रोकिनेछैन हाम्रो महान अभियान। सबै मानव जातीको नशा नशामा उध्यमको रगत कुदाउनेछौ। जोत्नेछौ बाँझा खेतहरु,नाङ्गा पाखामा भर्नेछौ रुखहरु।खेर गएको नदिको पानी सिंचाइका लागि प्रयोग गर्नेछौ।
हामीलाई तपाईले सिकेको सिप चाहिएको छ। ज्ञान , अनुभव , अनुभुति , प्रेरणा , अात्माविश्वास ,लक्ष्य र गर्भिलो समाज चाहिएको छ। अाउनुस हामी हातेमालो गरौं । काधमा काध मिलाएर श्रमगरौ। परनिर्भरताको अन्त्य गरि अात्मानिर्भर बन्ने लक्ष्यमा अघिबढौ। सफल अवस्य हुनेछौं । यही मुलमन्त्र लाई अात्मासात गर्दै रतुवामाइ वैदेशिक रोजगार समन्वय समिति स्थापना भएको हो ।
लेखक रतुवामाई वैदेशिक रोजगार समन्वय मुल समिती सहसंयोजक