•  २०७४ पुष ८ गते 

    कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका भुवन कार्की पापड उद्योग सञ्चालन गरी आत्मनिर्भर बनेका छन्  । तीन वर्षअघि उनले सञ्चालन गरेकोे खप्तड पापड उद्योगबाट वार्षिक रु २० लाखभन्दा बढीको पापड उत्पादन हुँदै आएको छ ।

    पापड बिक्री गरेर वार्षिकरुपमा रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।पापड उत्पादन गर्नका लागि विगतमा भारतबाट ल्याउँदै आएको कच्चापदार्थ अहिले मेसिन खरिद गरेर स्थानीयस्तरमा नै तयार गरि पापड उत्पादन हुन थालेको उद्योग सञ्चालक कार्कीले बताए । कैलालीको अत्तरियामा चिया नास्ता पसल सञ्चालन गर्दै आएका बेला भारतीय व्यापारीबाट प्रेरणा लिएर घरमै थोरै पूँजीमा उद्योग सञ्चालनमा ल्याई आम्दानी गर्दै आएको उनले बताए । यो उद्योगबाट उत्पादित पापड स्थानीय बजारसँगै, धनगढी, अत्तरिया, महेन्द्रनगर र पहाडी क्षेत्रका जिल्लामा आपूर्ति हुने गरेको छ । उद्योगबाट १० जनाले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएका छन् । घरपरिवारले समेत उद्योगमा उत्पादनका लागि कार्य गर्दै आएका छन् । प्रदेशसभाका सदस्य महेशदत्त जोशीले घरेलु उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले यसलाई बढावा दिइनुपर्ने बताए । उनले उद्योगका लागि सहुलियत ऋण प्रदान गर्ने र विद्युत् लगायतमा अनुदान दिनका लागि कार्य अगाडि बढाइने बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …