बाहुणडँगी । मानिसको सफलता तीन चिज बाट मापन गरिन्छ । धन,प्रसिद्धि अनि मनको शान्ति । मनको शान्ति केवल योगबाट मात्र सम्भव छ । योगले चेतना र शरीर बिचको सम्बन्धलाई जोड्ने काम गर्छ । अझ भनौ मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ ।योगले मानिसको शरीर,मन, आत्मामा उर्जा,तागत अनि सौन्दर्य प्रदान गर्ने भएकोले यसको महत्वलाई आत्मसात गर्दै अन्तराट्रिय योग दिवसको अवसर पारेर धनकुटा लेडी जेसीज ( प्रस्तावित ) एक दिने योग शिविरको आयोजना गरेको छ । शिविरको प्रशिक्षण योग प्रशिक्षक पुस्कर जोशी र बिशिका श्रेष्ठले दिनु भएको थियो ।
धनकुटा लेडी जेसीजकी का.का.उपाध्यक्ष बिशिका श्रेष्ठको संयोजनमा समाजका बिभिन्न व्यक्तित्वहरूको साथमा योग शिविर सम्पन्न गरीएको हो । जेसीजकी संस्थापक शाखा अध्यक्ष प्रमिशा श्रेष्ठको सभापतित्व तथा धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, बिशेष अतिथि पुस्कर जोशी, वडा नं ६ का वडा अध्यक्ष नरेश श्रेष्ठ, अतिथिमा धनकुटाका समाजसेवी मनोज नारायण श्रेष्ठ र सनराईज बैंकका कार्यलय प्रमुख रहनु भएको थियो ।
यसैगरी सोही कार्यक्रममा धनकुटा लेडी जेसीजले सामाजिक क्षेत्रमा निरन्तर गरेको सामाजिक अभियानमा र यस क्षेत्रका महिलाहरूको सामाजिक सकृयतालाई थप प्रोत्साहित गर्ने उदेश्यले प्रशिक्षक पुष्कर जोशीले नगद ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो ।