• असार ९, पथरी ।
    मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ ले शारीरिक रुपमा अशक्त भएका ४ जनालाई सहयोग सामाग्री वितरण गरेको छ ।
    शनिबार उर्लाबारी वडा नं. २ का चार जनालाई ह्वील चियर र एक जनालाई श्रवणयन्त्र वितरण गरिएको हो ।
    वडाध्यक्ष राजन कँडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको गुनासो समेत उनले गरे ।
    अपाङ्ग भएका ब्यक्तिसमेत रहेका वडाध्यक्ष कँडेलले अपाङ्गता भएका ब्यक्तिहरुको भवन निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको बताए ।


    उनले आपाङ्गता भएका ब्यक्तिहरुको हकहितका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिए ।
    उर्लाबारी वडा नं. २ को कार्यालयबाट अपाङ्गता भएका ब्यक्तिहरुले सहज रुपमा सेवा पाउँदै आएको अपाङ्गता भएका ब्यक्तिहरुको समूह वडा नं. २ का अध्यक्ष झलक बुढाथोकीले बताए ।
    उनका अनुसार वडा नं. २ का ३ सय ५० जना अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …