• ८ पुस, बनेपा । एमाले अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो लोकप्रिय मतको रेकर्ड एमाले नेता गोकुल बास्कोटाको नाममा कायम भएको छ । काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद गोकुल बास्कोटाले पाएको मत हेरफेर भएपछि ओलीपछिको दोस्रो मत बास्कोटाको कायम भएको हो ।





    निर्वाचन आयोगले शुरुमा मत परिणाम सार्वजनिक गर्दा गोकुलले ५४ हजार ४२७ मत प्राप्त गरेर बिजयी भएको जनाइएको थियो । तर, आयोगले मत जोड्ने क्रममा एउटा बुथको छुटेको भन्दै बास्कोटाले ५५ हजार ५२६ मत पाएको जनाएको छ ।

    गुरुङले ५५ हजार ४५७ मत प्राप्त गरी बिजयी भएका थिए । ३० हजार मतान्तरले चुनाव जितेका पार्वतले देशभरमै सबैभन्दा ठूलो अन्तरले जितेको रेकर्ड राखेका छन् ।आयोगले सोहीअनुसार आधिकारिक मत परिणाम सार्वजनिक गरेको हो । बास्कोटाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ७५३ मत पाएको आयोगले जनाएको छ । यसअघि ५० हजार मत कटाएर चुनाव जित्ने ६ जना सांसदहरुमध्ये ओलीपछिको दोस्रो लोकपि्रय मत दोलखाका एमाले सांसद पार्वत गुरुङको थियो ।

    एमाले अध्यक्ष ओलीले झापा ५ बाट ५७ हजार १३९ मत पाएका थिए । यो निर्वाचनमा सबैभन्दा लोकपि्रय मत पाउने ओली हुन् । ओलीपछिको दोस्रो लोकपि्रय मत उनकै निकट युुवा नेता गोकुल बास्कोटाको कायम भएको छ ।

    पार्वतले तेस्रो लोकप्रिय मत पाएका छन् । ५० हजार मत कटाएर जित्नेमा एमालेका सुरेन्द्र पाण्डे चितवन १, माओवादीका टोपवहादुर रायमाझी अर्घाखाँची र माओवादीकै सन्तकुमार थारु बर्दिया २ छन् ।



सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …