• ८ पुस, काठमाडौ

    काभ्रेको तेमाल गाँऊपालिका वडा नं ९ चोपटारका हरिबहादुर तामाङको छोरा भोजकुमार तामाङको दुवै मृगौलाले काम नगरे पछि हाल मानव अङ्ग प्रत्यरोपण अस्पताल भक्तपुरमा उपचार भईरहेकोछ । दुबईमा २ वर्षको करार अबधि भएता पनि कम्पनीले तामाङलाई अहिले तीन महिनाको बिदामा उपचारको लागि नेपाल फिर्ता पठाईएको हो । मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरले दुबै मृगौला फेर्नु पर्ने बताए पछि तामाङको घरमा अहिले रात दिन रुवाबासी चलिरहेकोछ। आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न गाह्रो भईरहेको तामाङको श्रीमतीले बताउनु भयो। तामाङको एक छोरा र एक छोरी छन् ।

    काठमाडौको हातीसारमा भएको गल्फ म्यानपावरबाट दुबईको एक कम्पनीमा कामको लागि उनी बैशाख २३ गते नेपालबाट उडेका थिए। उपचारका लागि आर्थिक अभाव भएसँगै पीडित तामाङलाई बचाउनको लागि तामाङ परिवारले सहयोगको याचना गरेका छन् ।

    समाज सेबी युबाहरु लागे भोज कुमार बचाऊ अभियानमा

    दुबै मृगौलाले काम गर्न छोडे पछि मृत्युसंग लडिरहेका भोजकुमार तामाङको उपचारमा सहयोग जुटाउन समावसेवी युवाहरु लागि परेका छन् । हामीले डि. एस. दोङको संयोजकत्वमा भोजकुमार बचाऊ अभियान नै सञ्चालन गरेका छौ, प्रचारप्रसार संयोजक सुदिन लामा दोङले बताउनु भयो । देश बिदेशमा रहनु भएका आम नेपालीहरुलाई भोजकुमार बचाऊ अभियानमा सहभागी हुन उहाँले बिशेष अनुरोध गर्नु भएकोछ । र यहि पुस २९ गते शनिबार बिहान १० बजे भक़्तपुरको शुभकामना पार्टी प्यालेस हलमा बिविध साँस्कृतिक कार्यक्रम पस्चात पीडितका परिवारलाई रकम हस्तान्तरण गरिने प्रचारप्रसार संयोजक दोङले बताए। सो कार्यक्रममा सञ्जिव वाईवा ,विश्व दोङ ,विशाल काल्तान ,शशीकला मोक्तान , टीका बोम्जन , शुक्र दोङ ,सुरेश लामा(नेपाली तारा टप 3) ,सरस्वती लामा रक ,प्रयास दोङ ,अभिषेक तामाङ ,जगत घिसिङ , पुजा लामा , हावा लामा , पेमा लामा ,विहिन दोङ साथमा चर्चित खलनायक बिकु थोकरको बेजोड प्रस्तुति रहनेछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …