• काठमाण्डौ ।

    नेपाली गीत संगीतको दुनियाँ एउटा गतिलो इँटा थप्दै उदाएकी छिन गितकार इन्दिरा चेम्जोङ ।

    सपनाको देश भनेर चिनिने अमेरिकामा वसेर मानिसहरु धन कमाउन मात्र धेरै तल्लीन हुन्छन् । तर इन्दिराको मन मुटुलाई नेपाली गीत संगीतले छोडेन ।


    'अर्को जन्म पाए भने फेरि तिम्रै साथ रोजु
    हामी दुबै मिलिजुली जिन्दगीका खुशी खोजु'

    पहाडका गाउँवस्तीहरुमा लाग्ने मेला वजारहरु गीतकारले झलझली सम्झिन्छिन र त्यो मुढमा उनको कलम चल्छ

    'पहीलो भेटमै नजरैमा बस्यो माया हाम्रो,
    यो मेरो नयनले तिमिलाई नै देख्यो राम्रो'

    मायाँ, प्रेमका साथै संयोग र वियोगका कथाहरु भेटिन्छन् उनको गीतमा ।

    'छाडी गयौ निस्ठुरी छुट्यो साचोँ माया
    आफैसंग बिरानो भो आज आफ्नै छायाँ'
    यसैगरी,हिजो जति मायाँ गर्थ्यौ,
    आजपनि त्यतिपाए तिम्रो साचोँ मायाँ सम्झि,
    एक्लै धरधरि रोए हिजो जति मायाँ गर्थ्यौ
    लालि छर्ने ओठ तिम्रो स्याउँ जस्तो गाला
    बैशमा होस नगरे, जोवन व्यर्थै जाला

    १५ वर्षको न्यूयोर्क वसेर नेपाल फर्केकी गितकार चेम्जोङले 'अर्को जन्म' एल्वम न्युयोर्कमा नै विमोचन गरेकाहुन । उनका गीतहरुलाई नेपालका चर्चित गायक गायिकाहरु राजेस पायाल राई, स्वस्तिका प्रधान स्वरुपराज आचार्य, मेलिना राई, अन्जु पन्त, सिता सिंगक, प्रमिद खरेल आदि ले स्वर दिएका छन् ।

    चर्चित कलाकारहरुको संयोजनमा वनेको म्यूजिक भिडियोको युट्युवमा ट्रेन्डीङ पनि राम्रो रहेको छ । गीतसंगीतको अलावा समाजसेवा समेत गर्दै आएकी छिन । भर्खरै हङकङमा यात्रा गर्दा गीतकारको हैसियतमा त्यहाका विभिन्न संघ संस्थाहरु जस्तै किरात याक्थुङ चुम्लुङ हङकङ, चौबिसे समाज हङकङ, चेम्जोङ बंसज ईत्यादी द्वारा सम्मान गरेकोमा खुशी व्यक्त गरेकी छिन ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…