• बाहुण्डाँगी । झापा जिल्लामा क्रियाशील १४ वटा जेसीज शाखाहरुका पूर्व अध्यक्षहरु संगठन जेसीज पूर्व अध्यक्ष समाज झापाले वीरता जेसीजलाई वर्ष २०१८ को उत्कृष्ट शाखा अवार्डबाट सम्मान गरेको छ ।
    शनिवार सम्पन्न समाजको चौथो वार्षिक साधारणसभाको अवसर पारेर वीरता जेसीजलाई वर्ष उत्कृष्ट शाखा अवार्डले सम्मान गरेको हो । अवार्डसहित वीरतालाई नगद १५ हजार प्रदान गरिएको थियो । यसैगरी, धुलावारी जेसीजका पूर्व अध्यक्ष ऋषीराज तिमिस्नालाई मेची उद्योग वाषिज्य संघको अध्यक्ष तथा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन तिम्सिना सुरुङ्गा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएकोमा समाजले तिम्सिनाद्धयलाई समेत सम्मान गरेको थियो । उनीहरुलाई कार्यत्तक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रम समाजका जिल्ला उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नु भएको थियो ।
    बुधवारे जेसीजको आतिथ्यतामा सम्पन्न साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन समाजका कोषाध्यक्ष इन्द्रवर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
    समाजका जिल्ला अध्यक्ष सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल, नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा, बुधवारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश सिवाकोटी, वीरता जेसीजका अध्यक्ष विशाल थापा, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडालगायतले बोल्नु भएको थियो । कार्यक्रमा झापाका विभिन्न शाखाका अध्यक्ष तथा पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।
    आतिथ्यता शाखा बुधवारे जेसीजका निवर्तमान अध्यक्ष प्रकाश भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव विष्णु रिमालले गर्नु भएको थियो ।
    सोही कार्यक्रममा एरिया ‘ए’ का महासचिवहरुको महासचिवहरुको तालिम यहि साउन १० र ११ गते हुने कार्यक्रमको बारेमा चारआली जेसीजका महासचिव सञ्जय निरौलाले जानकारी गराउनु भएको थियो । वर्ष २०२० को पाचौँ साधारणसभा मेचीनगर लेडी जेसीजले गर्ने भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…