• दमकका युवाहरुलाई उद्यमशीलता तर्फ आर्कषित गराउन उद्देश्यले शुक्रवार युवा उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ । दमक उद्योग वाणिज्य र दमक जेसीजको संयुक्त आयोजना तथा दमक नगरपालिकाका सहयोगमा एक दिने युवा उद्यमशीलता विकास तालिम प्रदान गरिएको हो ।

    वाणिज्य संघको सभाहलमा सञ्चालित तालिमको उद्घाटन नगर प्रमुख रोमनाथ ओलीले गरे । उद्घाटनका क्रममा नगर प्रमुख ओलीले हरेकले सीप,कलामा नै आफनो भविष्य निर्माण हुने भएकाले त्यसमा इमान्दारिता वन्न जरुरी भएको औल्याए ।
    तालिममा व्यवसाय गर्न चाहने तथा व्यवसाय गरिआएका दमक क्षेत्रका ५० वढी व्यवसायी युवाहरुको सहभागिता रहेको थियो ।दमकका व्यवस्थापन संकायमा अध्ययनरत बिद्यार्थी र व्यवसायी सहभागी भएको उक्त तालिममा व्यवसयामा लाग्नुका कारण र यसबारेमा बिशेष गरि नव आगन्तुक व्यवसायी र प्रवेश गर्न चाहने यूवाले ध्यान पुर्याउनु पर्ने कुराका बारेमा चर्चा गरिएको थियो । तालिममा अनुसन्धान तथा सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

    तालिममा केन्द्रका प्रशिक्षकद्धय सुदिप उप्रेती र द्रोर्ण उप्रेतीले सहजीकरण गरेका थिए भने सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको दमक जेसिज का माहसचिब जेसी सुयोग खरेलले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…