•  


    २०७४ पुष ९ गते 




    नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको बताएका छन् । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए ।




    चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो,’ प्रचण्डले भने ।

    उनले भने, ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए ।

    यद्यपि वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनले बताए । ‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले भने, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’



सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …